डोटी- मामाघरबाट घर फर्किने क्रममा डोटीका एक युवक मृत अवस्थामा फेला परेका छन्।
डोटीको शिखर नगरपालिका–११ बारबाटा निवासी २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार रोकाया मंगलबार साँझ करिब ६ बजे शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जाने भन्दै निस्किएका थिए। तर घर नपुगेपछि आफन्तहरूले खोजतलास थालेका थिए।
खोजतलासकै क्रममा बुधबार साँझ ४ बजेर १० मिनेट जाँदा शिखर नगरपालिका–८ गोल्मागाडस्थित खोलाको किनारमा पानीभित्र रोकाया मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














