२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

अछाममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

अछाम-अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

अछामको मेल्लेख गाउँपालिका वडा नं. –४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको खोलाले बगाउदा मृत्यु भएको हो । कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगर गएकी थिइन्। । उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी वेपत्ता भएको प्रहरीले जनाएको छ।

बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन