कैलाली- कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।
शुक्रवार बिहान आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद को मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराका अनुसार नदीमा बगेर बेपत्ता भएका दुवै जनाको शव गोदावरी नदीस्थित आर्यघाट नजिकै फेला परेको हो।
प्रहरीले शव शुक्रवार बिहानै नदी किनारामा फेला परेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार दुवै जना बिहान जङ्गलमा च्याउ टिप्न गएका बेला अचानक आएको बाढीले उनीहरूलाई बगाएको देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













