२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

बालेनका स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट चुनाव लड्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’का स्वकीय सचिव भूपदेव शाहले अछामबाट प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने तयारी गरेका छन्।

शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चुनाव चिह्न लिएर अछाम क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को निर्वाचन लड्ने तयारीमा रहेको बताएका छन्। केही दिनअघि मात्र रास्वपा र बालेन समूहबीच दुई पक्षीय सहमति भएको थियो।

भूपदेव शाहले भने, “आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा छु। म आफू जन्मेको अछाम २ बाट चुनाव लड्ने तयारीमा छु।”

महानगरमा बालेनको प्रमुख स्वकीय सचिवका रूपमा शाहले साढे तीन वर्ष काम गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बालेन र कुलमान घिसिङको निर्णायक वार्तामा शाहले ‘स्टेकहोल्डर’को रूपमा भूमिका निभाएका थिए।

२०७९ को निर्वाचनमा अछाम–२ बाट नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन