आज सोमबार दिउँसो देशका हिमाली भू भागका केही स्थानमा तथा पहाडी भू भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

दिउँसो नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका धेरै स्थानमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशको पहाडी भू भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू भागका एक दुई स्थानमा भने भारी वर्षा हुनेछ।
सोमबार राति बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू भागका केही स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू भागका थोरै स्थानमेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू भागका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।













