२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

सानेपामा कमलबहादुर शाह–गगन थापा भेट, सत्ता समीकरणबारे चर्चा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापासँग पार्टी कार्यालय सानेपामा भेटवार्ता गरेका छन्।

करिब आधा घण्टाभन्दा बढी समय चलेको भेटमा समसामयिक राजनीतिक अवस्था, कांग्रेस–एमाले सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयन तथा सम्भावित नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ।

मुख्यमन्त्री शाहले यसअघि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुमा भेट गरेका थिए। ओलीसँग भएको संवाद र प्राप्त सन्देश लिएर उनी शुक्रबार सभापति थापालाई भेट्न पुगेका हुन्।

कांग्रेस निकट स्रोतका अनुसार भेटमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, प्रदेश राजधानी कार्यान्वयनमा देखिएका समस्या तथा केन्द्र र प्रदेश तहको राजनीतिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो।

स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेश राजधानी कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे सभापति थापालाई जानकारी गराएका थिए। साथै ओलीसँग भएको राजनीतिक संवादबारे पनि विस्तृत रूपमा कुराकानी भएको जनाइएको छ।

राजनीतिक स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र नेकपाबीच सम्भावित सत्ता सहकार्यको विषयमा मुख्यमन्त्री शाहमार्फत सन्देश पठाएका थिए। अब उक्त विषयमा सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच प्रत्यक्ष निर्णायक छलफल हुने तयारी भइरहेको बताइएको छ।

राजनीतिक वृत्तमा केही दिनभित्र थापा र ओलीबीच भेटवार्ता हुने र त्यसपछि नयाँ सत्ता समीकरणबारे टुंगो लाग्न सक्ने चर्चा सुरु भएको छ। उता नेकपाले पनि एमालेसँग सहकार्यका लागि संवादलाई तीव्र बनाएको स्रोतको दाबी छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन