२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

अमरगढी नगरपालिकाले जित्यो १६औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  डडेल्धुरा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमरगढी नगरपालिकाले हात पारेको छ।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा बिहीबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अमरगढीले २९ स्वर्ण, १२ रजत र १० कास्य पदक जितेर समग्र उपाधि उचालेको हो।

प्रतियोगितामा परशुराम नगरपालिका दोस्रो स्थानमा रह्यो। परशुरामले ११ स्वर्ण, १५ रजत र १४ कास्य पदक जितेको आयोजकले जनाएको छ। त्यसैगरी आलिताल गाउँपालिकाले ७ स्वर्ण, ६ रजत र १८ कास्यसहित तेस्रो स्थान हासिल गरेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायत विभिन्न खेल समावेश गरिएको थियो।

जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत एरले बताए।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनभित्र सार्वजनिक गरिनेछ।

जिल्ला खेलकुद समितिको आयोजनामा तथा अमरगढी नगरपालिकाको आतिथ्यतामा वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन