डडेल्धुरा- जिल्ला खेलकुद समिति डडेल्धुराको अध्यक्षमा जगतबहादुर ऐर नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ऐरलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरेको हो ।
प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ५ (क) बमोजिम उनलाई उक्त जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ ।
नवनियुक्त अध्यक्ष ऐर पूर्व भलिबल तथा कराते खेलाडीसमेत हुन् ।














