२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्ट सम्मानित

विज्ञापन
Image
विज्ञापन

डोटी – बडीकेदार गाउँपालिकाले कल्पना भट्ट, दृष्टि फाउण्डेशन, नेपालकी अध्यक्षलाई सम्मान–पत्र प्रदान गरेको छ।

गाउँपालिकाले साहाराविहीन, शारीरिक र मानसिक समस्याले पीडित व्यक्तिहरू तथा अनाथ बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरेको जनाएको छ।

दृष्टि फाउण्डेशनले असहाय बालबालिकालाई आवास, भोजन, स्वास्थ्य उपचार र शिक्षा उपलब्ध गराउँदै सामान्य जीवनतर्फ अघि बढाउन सहयोग गर्दै आएको अध्यक्ष भट्टले जानकारी दिइन्।

गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले भने, “कठिन परिस्थितिमा पनि मानवताको सेवामा लाग्ने व्यक्ति नै सच्चा भगवान हुन्। गाउँपालिकाले सधैं दृष्टि फाउण्डेशनलाई सहयोग गर्न प्रतिबद्ध छ।”

यस अवसरमा गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालको प्रगति तथा अध्यक्ष भट्टको सुस्वास्थ्य र दीर्घायुको कामना समेत व्यक्त गरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन