२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

धनगढीका १६ वटै वडामा ग्रासरुट फुटबल कार्यक्रम विस्तार

विज्ञापन
Image
विज्ञापन

कैलाली-  धनगढी उपमहानगरपालिकाले फुटबलको आधारस्तर सुदृढ बनाउने लक्ष्यसहित ‘ग्रासरुट फुटबल’ कार्यक्रमलाई नगरका सबै १६ वटै वडामा विस्तार गर्ने भएको छ। गत वर्ष चार वटा वडामा नमुनाका रूपमा सुरु गरिएको कार्यक्रम यस वर्षदेखि व्यापक बनाउँदै सम्पूर्ण वडामा लागू गरिएको हो।

उपमहानगरपालिकाले प्रत्येक वडामा फुटबल मैदान तयार गरी बालबालिकालाई नियमित र व्यावसायिक प्रशिक्षण दिने योजना अघि सारेको छ। गत वर्ष वडा नम्बर ७ को पटेला, वडा नम्बर ११ को दक्षिणकाली र ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर १६ को घसिटा तथा वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम सफल भएको नगरपालिकाले जनाएको छ।

सोही सफलतालाई निरन्तरता दिँदै यस वर्ष वडा नम्बर १ को कभर्ड हल, वडा नम्बर २ को सुक्ष्म वर्गीकरण केन्द्र नजिकको मैदान, वडा नम्बर ३ को नयाँ बसपार्क क्षेत्र तथा वडा नम्बर ५ को श्रीकृष्ण खेल मैदानमा समेत प्रशिक्षण केन्द्र सञ्चालन गरिनेछ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँग औपचारिक सम्झौता गरेको छ। सम्झौताअनुसार अब जिल्ला फुटबल संघले प्राविधिक व्यवस्थापन र प्रशिक्षणसम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन