२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

जन्तीको यात्रा बन्यो मृत्युयात्रा, ७ जनाको एकै चिहानमा अन्त्येष्टि

विज्ञापन
Image
विज्ञापन

बझाङ- बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सात जनाको पार्थिव शरीर आज एकै आँगनबाट अन्त्येष्टिका लागि उठाइएको छ। एउटै घरआँगनबाट सात शव उठ्दा गाउँभरि शोक र स्तब्धताको माहोल बनेको छ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो। तीमध्ये बझाङको बित्थडचिर गाउँपालिका–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको आज एकै चिहानमा अन्त्येष्टि गरिँदै छ।

मृतकमध्ये नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। नरेन्द्रराज बित्थडचिर–७ का वडा सचिव रहेका थिए भने विष्णुदत्त स्थानीय महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षक थिए। यस्तै, वसन्तराज जोशी नरेन्द्रराज र विष्णुदत्तका भतिजा हुन्।

दुर्घटनामा ज्यान गुमाउने केशवराज जोशी र अशोकराज जोशी बाबु–छोरा हुन्। केशवराजका एकमात्र छोरा अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै, गम्भीर घाइते भएका किसनदत्त जोशी र विसनदत्त जोशी पनि सहोदर दाजुभाइ हुन्। उनीहरूलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो।

एकैपटक सात जनाको मृत्यु र आज एकै चिहानमा अन्त्येष्टि हुन लाग्दा बझाङमा शोकको लहर फैलिएको छ। पीडित परिवारहरू शोकले थला परेका छन् भने स्थानीयवासीहरू ‘यो दुःखले अब गाउँ नै रित्तिएको’ प्रतिक्रिया दिइरहेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन