२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

केशव स्मृति प्रतियोगिताको उद्घाटन आज

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिकामा पहिलो पटक आयोजना हुन लागेको केशव स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को आज औपचारिक उद्घाटन हुँदैछ। प्रतियोगितामा जम्मा ८ वटा टिम सहभागी रहेका छन्।

आजबाट सुरु हुने प्रारम्भिक चरणका खेलहरू अन्तर्गत पहिलो खेल वडा नं. ३ को कार्यालय र आलिताल गाउँपालिका बीच हुनेछ। त्यसैगरी दोस्रो खेल आलिताल इन्जिनियरिङ र दिप्ती स्टेशनरी बीच, तेस्रो खेल एस.एच. बिल्डर्स र वडा नं. ४ को कार्यालय बीच तथा चौथो खेल वडा नं. ६ को कार्यालय र शेलालिङ प्राथमिक विद्यालय बीच हुने आयोजकले जनाएको छ।

यसैक्रममा पाँचौँ खेल वडा नं. ३ को कार्यालय र एस.एच. बिल्डर्स बीच, छैटौँ खेल दिप्ती स्टेशनरी र वडा नं. ६ को कार्यालय बीच, सातौँ खेल वडा नं. ३ को कार्यालय र वडा नं. ४ को कार्यालय बीच तथा आठौँ खेल आलिताल इन्जिनियरिङ र शेलालिङ प्राथमिक विद्यालय बीच हुनेछ।

प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा क्षेत्रीय तथा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरूको समेत सहभागिता रहने भएकाले खेलहरू रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार रु. १ लाख १ हजार १ सय ११ र द्वितीय पुरस्कार रु. ५१ हजार १ सय ५१ तोकिएको छ। नागरिकहरूको आर्थिक सहयोगमा आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन आयोजकले सम्पूर्ण सरोकारवाला निकाय तथा आम नागरिकलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन