२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

डोटीमा सामुदायिक वनको रुख काट्नेलाई ५० हजार जरिवाना

विज्ञापन
Image
विज्ञापन

डोटी-  डोटीको जोरायल गाउँपालिका–४ स्थित सिराड सामुदायिक वनमा अवैध रूपमा रुख काटिएको भन्दै सम्बन्धित व्यक्तिबाट ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। सामुदायिक वन क्षेत्रभित्र रहेका आठ वटा उतिसका रुख काटिएको पाइएपछि स्थानीय भक्तबहादुर पुन मगरले वन समूहलाई उक्त जरिवाना तिरेका हुन्।

स्थानीयस्तरमा सामुदायिक वन समूहका अध्यक्ष योगेन्द्र गुरुङको मिलेमतोमा रुख काटिएको आरोप लागे पनि त्यसको पुष्टि नभएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ। वन क्षेत्रबाट विभिन्न साइजका आठ वटा रुख काटिएको भेटिएपछि सामुदायिक वन समूहको विधान तथा कार्ययोजनाअनुसार जरिवाना निर्धारण गरी असुल गरिएको डिभिजन वन कार्यालय डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले जानकारी दिए।

उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहले आफ्नै नियमअनुसार दोषी व्यक्तिबाट ५० हजार रुपैयाँ जरिवाना असुल गरेको हो।

यता, सामुदायिक वन समूहका अध्यक्ष योगेन्द्र गुरुङले रुख कटानीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले अवैध रूपमा रुख काट्ने स्थानीय व्यक्तिबाट समूहले कानुनअनुसार जरिवाना असुल गरिएको स्पष्ट पारेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन