२०८३ श्रावण १२
खाेज्नुहाेस
विज्ञापन

सुदूरपश्चिमको पर्यटन प्रवर्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-नेपाल पर्यटन बोर्ड र होटेल व्यवसायी महासंघ नेपालको आयोजना तथा होटेल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश समिति र होटेल व्यवसायी संघ डडेल्धुराको सहयोगमा सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन विषयमा आज एक अन्तरक्रिया कार्यक्रम डडेल्धुराको सदरमुकाममा सम्पन्न भएको छ ।


होटेल व्यवसायी संघ, डडेल्धुराका अध्यक्ष दान बहादुर भण्डारीको अध्याक्षता मा सम्पन्न भएको उक्त कार्यक्रममा होटेल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके प्रमुख अध्यक्षको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ अधिकृत लगायत होटेल व्यवसायी महासंघका केन्द्रिय समितिका पदाधिकारीहरुका साथै विभिन्न प्रदेशका पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा होटेल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष रमेश जोशीले अतिथिहरु लाई स्वागत गर्दै यस प्रदेशको पर्यटकिय सम्भावनाहरुको बारेमा प्रकास पार्नुभएको थियो ।


कार्यक्रममा सहभागी भएका विभिन्न व्यक्तित्वहरु ले यस प्रदेशको पर्यटकिय सम्भावना, अवसर र चुनौतीका बारेमा अन्तरक्रिया गर्दै यस क्षेत्रको पर्यटकिय विकासका लागी थुप्रै नीतिगत सुधार ल्याउन र पर्यटनको बिकासको लागी प्याकेजहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्याएका थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन