डडेल्धुरा-चर्चित लोक देउडा गायक दिर्घ फुलारा र गायिका गौरि भट्टको आवाजमा सजिएको लेक ठुलो तेलेको बोलको भारी खेलको देउडा गितको म्यूजिक भिडियो सार्वजनिक भएकोछ ।
शव्द तथा लय गायक दिर्घ फुलाराको रहेको उक्त गितमा विनोद वाजुरेलीको म्यूजिक एरेन्ज रहेको छ ।

गायक फुलारा तथा मोडेल उर्मिला कुवर तथा स्थानियवासीको अभिनय रहेको उक्त गितको अधिकांश छायांकन डडेल्धुराको गन्यापधुरा गाँउपालिका वडा नं.४ मा गरिएको हो ।
खप्तड फिल्मसले निर्माण गरेको उत्तः गितको म्यूजिक भिडियो दिर्घ फुलारा अफिसियल यूटयूव च्यानलमा हर्न सकिन्छ भने उक्त भिडियो लाई भिम थापाले निर्देशन गरेका हुन भने अमृत उपाध्यायले छायांकन गरेका हुन ।












