२०८३ जेष्ठ २८
खाेज्नुहाेस
विज्ञापन

गन्यापधुरामा जिल्लाकै व्यवस्थित खेल मैदान निर्माण हुदै

विज्ञापन
Image
विज्ञापन

डडेल्धुुराको गन्यापधुरा गाउँपालिकामा जिल्लाकै ठुुलो तथा व्यवस्थित खेल मैदान निर्माणकार्य जारी छ । जिल्ला सदरमुकाममा व्यवस्थित खेल मैदान नहुदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या भईरहेको बेला गन्यापधुरा गाउँपालिका सदरमुकाम वडा नं. २ को बडाल, गणेशपुरमा व्यवस्थित मैदान निर्माण गरिन लागेको हो ।


पालिका स्तरीय खेल मैदान निर्माण अन्तरगत २०७९ साल बाट खेलकुद मैदानको निर्माणको काम सुरु गरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा आठ लाख रकम बजेटमा निर्माण सुरु भएको खेल मैदान अहिले २० लाख रकममा फेरी निर्माण कार्य जारी छ । सुरुमा १५० मिटर लम्बाई र करिब ८० मिटर चौडाई खनिएको मैदानमा अहिले फेरी खोदान सुरु गरिएको छ ।

सामाजिक विकास कार्यालय डडेल्धुराको २० लाख रकममा खोदाई भईरहेको यस खेलमैदानको चौडाई अब १०० मिटरसम्म पुग्ने प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले बताए ।
उनका अनुसार ठेक्का प्रक्रियाबाट निर्माण भईरहेको खेल मैदानको करिब २३ हजार घनमिटर खोदाई गरिने छ । उक्त परिणाममा मैदान खोदाई गरिदा लम्बाई र चौडा बढ्ने भएको हो । आगामी आर्थिक वर्षमा जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने लक्ष्यसहित खेल मैदान निर्माणको काम भईरहेको उनले बताए ।


वडा अध्यक्ष मनोज देउवाका अनुसार यस खेल मैदानलाई रंगशालाका रुपमा निर्माण गर्न आगामी आर्थिक वर्ष २०८३/८४ मा झण्डै पाँच करोड बराबर रकमको सिलिंग गाउँपालिकाले प्राप्त गरेको छ । गाउँपालिकाले मुख्य योजना निर्माणमा यस खेल मैदानलाई राख्दा संघिय सरकारको समपुरक बजेटमा चार करोड ९८ लाख रुपैयाँको सिलिंग गाउँपालिकाले प्राप्त गरेको छ । क्रमागतमा राखिएको यो योजनामा नयाँ आर्थिक वर्षमा ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

क्रमागत बजेटले मैदानमा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम गरिने वडा अध्यक्ष देउवाले बताए । बिषेश गरि क्रिकेट मैदानका रुपमा यस खेल मैदानलाई निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाई छ । वडा अध्यक्ष देउवाले आगामी वर्षको जिल्ला स्तरीय खेलकुद प्रतियोगीता संञ्चालन गर्ने तयारीका साथ काम भईरहेको बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन