नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। नेपाली कांग्रेसका कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज निधन भएको हो।

यसबारे केही समयमा कांग्रेसले विज्ञप्ति निकालेर विस्तृत जानकारी दिने उनले बताए।
नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो।
श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।












