२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।
आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन्। ट्याक्टर सडकबाट खस्दा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन