२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

सुदूरपश्चिममा एसइई उत्तीर्ण दरमा वृद्धि, ५१.२१ प्रतिशत पुग्याे नतिजा

विज्ञापन
Image
विज्ञापन

कैलाली-  माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा सुदूरपश्चिम प्रदेशमा उत्तीर्ण दरमा उल्लेख्य सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष सुदूरपश्चिमका अधिकांश जिल्लामा गत वर्षको तुलनामा उत्तीर्ण दर बढेको पाइएको हो ।

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलाली जिल्लामा यस वर्ष १२ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । २०८१ सालको एसइईमा कैलालीबाट ४३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा २०८२ मा यो दर बढेर ५५.२९ प्रतिशत पुगेको छ । यस वर्ष कैलालीबाट १४ हजार १४६ विद्यार्थी सहभागी भएका थिए ।

उत्तीर्णमध्ये ४ जनाले २ जिपिए, ७१८ जनाले ३.६ देखि ४ जिपिए, १ हजार ९०१ जनाले ३.२ देखि ३.६ जिपिए, २ हजार ९३२ जनाले २.८ देखि ३.२ जिपिए, १ हजार ९८९ जनाले २.४ देखि २.८ जिपिए र २७८ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल ७ हजार ८२२ विद्यार्थी उत्तीर्ण भएका छन् भने ६ हजार ३२४ विद्यार्थी नन-ग्रेड (अनुत्तीर्ण) भएका छन् ।

कञ्चनपुरमा ८ हजार २४४ विद्यार्थी सहभागी भएकोमा ६ जनाले ४ जिपिए, ४३४ जनाले ३.६ देखि ४ जिपिए, १ हजार ९४ जनाले ३.२ देखि ३.६ जिपिए, १ हजार ४१७ जनाले २.८ देखि ३.२ जिपिए, १ हजार ४६ जनाले २.४ देखि २.८ जिपिए र २१२ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल ४ हजार २३१ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ५१.३२ प्रतिशत हो । गत वर्ष कञ्चनपुरको उत्तीर्ण दर ४५.२४ प्रतिशत थियो ।

डडेल्धुरामा १ हजार ९४८ विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ५५ जनाले ३.६ देखि ४ जिपिए, १६२ जनाले ३.२ देखि ३.६ जिपिए, २०९ जनाले २.८ देखि ३.२ जिपिए, १७६ जनाले २.४ देखि २.८ जिपिए र ८५ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल ६८७ विद्यार्थी (३५.५२ प्रतिशत) उत्तीर्ण भएका छन् भने १ हजार २४७ विद्यार्थी नन-ग्रेड भएका छन् । गत वर्ष डडेल्धुराको उत्तीर्ण दर २७.५२ प्रतिशत थियो ।

बैतडीमा ३ हजार ९३० विद्यार्थी सहभागी भएका थिए । २२ जनाले ३.६ देखि ४ जिपिए, २१२ जनाले ३.२ देखि ३.६ जिपिए, ७९२ जनाले २.८ देखि ३.२ जिपिए, ८६९ जनाले २.४ देखि २.८ जिपिए र १२५ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल २ हजार २० विद्यार्थी (५१.४० प्रतिशत) उत्तीर्ण भएका छन् । गत वर्ष बैतडीको उत्तीर्ण दर ५२.३० प्रतिशत थियो, जसले यस वर्ष केही गिरावट देखाउँछ ।

दार्चुलामा २ हजार ४४५ विद्यार्थी सहभागी थिए । १५ जनाले ३.६ देखि ४ जिपिए, ७६ जनाले ३.२ देखि ३.६ जिपिए, २६२ जनाले २.८ देखि ३.२ जिपिए, ३५१ जनाले २.४ देखि २.८ जिपिए र ५० जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल ७५४ विद्यार्थी (३०.८४ प्रतिशत) उत्तीर्ण भएका छन् । गत वर्ष दार्चुलाको उत्तीर्ण दर ३५.०८ प्रतिशत थियो ।

डोटीमा २ हजार १८० विद्यार्थी सहभागी भएका थिए । ३६ जनाले ३.६ देखि ४ जिपिए, १५ जनाले ३.२ देखि ३.६ जिपिए, ३७१ जनाले २.८ देखि ३.२ जिपिए, ४१३ जनाले २.४ देखि २.८ जिपिए र ६४ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल ९ सय विद्यार्थी (४१.२८ प्रतिशत) उत्तीर्ण भएका छन् । गत वर्ष डोटीको उत्तीर्ण दर ३६.८२ प्रतिशत थियो ।

अछाममा ३ हजार ८ सय विद्यार्थी सहभागी भएका थिए । ४८ जनाले ३.६ देखि ४ जिपिए, ३१० जनाले ३.२ देखि ३.६ जिपिए, ९०८ जनाले २.८ देखि ३.२ जिपिए, ७७२ जनाले २.४ देखि २.८ जिपिए र ७९ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल २ हजार ११७ विद्यार्थी (५५.७१ प्रतिशत) उत्तीर्ण भएका छन् । गत वर्ष अछामको उत्तीर्ण दर ४०.७५ प्रतिशत थियो ।

बाजुरामा २ हजार १२६ विद्यार्थी सहभागी भएका थिए । २९ जनाले ३.६ देखि ४ जिपिए, २३७ जनाले ३.२ देखि ३.६ जिपिए, ६१५ जनाले २.८ देखि ३.२ जिपिए, ३८९ जनाले २.४ देखि २.८ जिपिए र ४६ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । कुल १ हजार ३१६ विद्यार्थी (६१.९० प्रतिशत) उत्तीर्ण भएका छन् । गत वर्ष बाजुराको उत्तीर्ण दर ५१.७३ प्रतिशत थियो ।

बझाङको जिल्लागत विवरण भने उपलब्ध नभएको शिक्षा विकास निर्देशनालय डोटीका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिएका छन् ।

समग्रमा सुदूरपश्चिम प्रदेशबाट २०८२ सालको एसइईमा ४२ हजार २९९ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २१ हजार ६६४ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ५१.२१ प्रतिशत हो । गत वर्ष सुदूरपश्चिमको उत्तीर्ण दर ४२.३० प्रतिशत मात्र रहेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन