२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

डडेल्धुराका ‘ड्रिम प्रोजेक्ट’ बजेटमा राख्न नैनसिंह महरकाे माग

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको नीति जनजीविका र विकासप्रति असंवेदनशील बन्दै गएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतालाई त्रसित बनाउने गरी घर भत्काउने कार्य तत्काल रोक्न सरकारसँग माग गरे ।

महरले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसदीय सर्वोच्चतामाथि प्रहार गरेको बताए । उनले शक्ति सन्तुलन विपरीत कार्यपालिकाबाट न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसले विधिको शासन कमजोर पार्ने चेतावनी दिए ।

सहकारी ठगी प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै उनले लाखौं बचतकर्ताको रकम डुबेको अवस्थामा तत्काल समाधान खोज्न आग्रह गरे । साथै, बढ्दो मूल्यवृद्धिले जनताको जीवनयापन कठिन बनेको उनको भनाइ थियो ।

डडेल्धुराको विकासबारे बोल्दै महरले आगामी बजेटमा जिल्लाका प्रमुख आयोजना—डडेल्धुरा विमानस्थल, मेडिकल कलेज, पश्चिम सेती र पञ्चेश्वर परियोजनालाई प्राथमिकतामा राख्न तीनै तहका सरकारसँग माग गरे । उनले गत वर्ष विनियोजित बजेटमध्ये २ अर्ब रुपैयाँभन्दा बढी कटौती भएको भन्दै उक्त रकम पुनः विनियोजन गर्नुपर्ने बताए ।

उनले वन्यजन्तु आतंक, जीर्ण ग्रामीण सडक, कमजोर स्वास्थ्य सेवा र खानेपानी समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए । कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो ।

कांग्रेसको आन्तरिक राजनीतिबारे महरले आफू गुटभन्दा माथि उठेर एकताबद्ध र सुदृढ पार्टी निर्माणको पक्षमा रहेको स्पष्ट पारे । उनले लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको संरक्षणमा कांग्रेस थप जिम्मेवार बन्नुपर्ने बताए ।

अन्त्यमा उनले डडेल्धुरावासी र सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आफू सधैं जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन