२०८३ भाद्र २५
खाेज्नुहाेस

राजनितिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रम हुने

Image

स्कुल अफ डेमोक्रेसीको आयोजनामा राजनितिमा निष्ठा र नैतिकता विषयामा विमर्श कार्यक्रम हुने भएको छ ।


नृपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तकका रुपमा चिनिने स्वर्गिय प्रदिव गिरीको चौथो स्मृति दिवशको अवसर पारी भदौ ४ गते स्कुल अफ डेमोक्रेसीले काठमाण्डौको बानेश्वर स्थित आनन्द भूमी ईभेन्टसमा विमर्श कार्यक्रमको आयोजना गर्न लागेको हो ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एबं नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदश्य नैन सिँह महरले उक्त कार्यक्रममा उपस्थित हुनका लागी अनुरोध गर्नुभएको छ ।

स्कुल अफ डेमोक्रेसी सिक्न र सिकाउने थलो रहेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष एबं नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदश्य नैन सिँह महरले बताउनु भयो ।

उक्त कार्यक्रम दिउसो २ वजे बाट संञ्चालन हुने आयोजकले बताएको छ ।