२०८३ श्रावण १२
खाेज्नुहाेस
विज्ञापन

बैंकिङ्ग कसुर मुद्दामा जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्कीविरुद्ध बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । तर पक्राउ पुर्जी जारी भएको चार महिनासम्म पनि उनी प्रहरीको सम्पर्कमा आएका छैनन् ।

डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी–३ का नरेशबहादुर थापाले चैत २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दा नम्बर ०८२–सि १–०७६९ मा अदालतले चैत १७ गते नै पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले वारेन्ट जारी गरे पनि हालसम्म पार्की पक्राउ परेका छैनन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै मुद्दा अदालतमा पेश भइसकेको जानकारी दिए ।

उनका अनुसार पार्कीविरुद्ध कैलाली मात्र होइन, काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ । केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई बानेश्वरस्थित निवासमै खोज्न पुगे पनि उनी फेला नपरेपछि फर्किनु परेको थियो ।

प्रहरीका अनुसार यो मुद्दा बैंकिङ्ग कसुरसँग सम्बन्धित रहेको र वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

डीएसपी तिमिल्सिनाले पीडितको रकम फिर्ता भएमा मिलापत्रको सम्भावना रहने बताए । उनले भने, “पक्राउ पुर्जी जारी भएको लामो समय भइसक्यो, तर आरोपी सम्पर्कमा आएका छैनन्। पीडितको रकम फिर्ता भएमा मुद्दा मिल्न पनि सक्छ।”

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन